काठमाडाैँ– सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बिहान ९ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

गत शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।

निर्वाचन आयाेगले फागुन २५ गते राष्ट्रपतिकाे निर्वाचन मिति ताेकिसकेकाे छ। सत्ता साझेदार दलहरू राष्ट्रपतिकाे उम्मेदवारलाई लिएर एकमत हुन सकेका छैनन्। नेकपा एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेकाे छ। राष्ट्रपतिलाई लिएर सत्तारूढ दलहरूबीच किचलाे बढेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here