काठमाडौं- रेबेका वेल्चले डिसेम्बर २३ मा बर्नली विरुद्ध फुलह्यामको खेलको जिम्मेवारी लिएपछि प्रिमियर लिगको खेलमा रेफ्री गर्ने पहिलो महिला बन्ने भएकी छन्।सन् २०१० मा आफ्नो रेफ्री यात्रा सुरु गरेकी  ४० वर्षीया रेबेका गत जनवरीमा च्याम्पियनसिप खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री बनेकी थिइन्। गत महिना उनी म्यानचेस्टर युनाइटेड र फुलहमको खेलमा फोर्थ अफिसियलको रूपमा काम गर्ने पहिलो महिला बनिन्।

रेफ्रीका प्रमुख हावर्ड वेबले भने, ‘रेबेका एक साँच्चै शान्त, मैदानमा केन्द्रित व्यक्ति हुन्। उनीसँग खेलको राम्रो बुझाइ छ । उनी एक सटीक निर्णयकर्ता हुन्, मैदानमा एक राम्रो एथ्लिट पनि।’त्यसपछि, डिसेम्बर २६ मा साम एलिसन प्रिमियर लिग खेल सञ्चालन गर्ने पछिल्लो १५ वर्षमा पहिलो अश्वेत रेफ्री बन्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here