काठमाडौँ । दाङमा दुई वटा मोटरसाइल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।गढवा गाउँपालिका – ६ बालापुरमा रा ५ प ३४२५ नम्बरको मोटरसाइकल र रा ३ प ८७२९ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी गढवा गाउँपालिका– ६ गढवा निवासी करिब ३९ बर्षीय मोहन यादव, गढवा –६ हाँसीपुर निवासी करिब २६ बर्षीय करण चौधरी, सोही ठाउँ निवासी करिब २० वर्षीय प्रविण चौधरी घाइते भएका छ्न्।
दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको छ। प्रविन चौधरीलाइ नेपालगन्ज, मोहन यादवलाई घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि लगिएको छ भने करण चौधरीको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिइन्।