काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन्।आइतवार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले संकल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमा जोड दिएको बताए। उनले जनतामा निराशा फैलाउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाए।

उनले अभियानले देशका जनतामा पुनर्जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गरे। उनले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताए।

एमालेले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो। मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुंगिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here