काठमाडौं- सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ। सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक जारी छ। आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ। योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ।सुनुवाइ सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ।
यसअघि आइतबार बसेको बैठकमा दुई जनाको संसदीय सुनुवाइ भएको थियो। बैठकमा महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।यसअघि सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको पनि संसदीय सुनुवाइ भइसकेको छ।