काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अबको दिनमा आफू अर्थपूर्ण फिल्म मात्र रोज्ने बताएकी छन् । प्रियंकाले भनिन् ‘अहिले म जीवनको ए फेजमा पुगेको छु । आफूलाई मनपर्ने फिल्म पनि आफै सहभागी समेत भएर मात्र गर्छु ।’ उनले अहिले दुई फिल्म अभिनयको तयारीमा रहेको र त्यो दुबै फिल्म निर्माण आफ्नो प्रोडक्सन हाउस समेत सहभागी भएको समेत खुलाइन् । ‘२०२४ मा मेरो दुई फिल्म दिने प्लान छ । यी फिल्मको स्क्रिटदेखि सबै क्रियाकलापमा म सहभागी भइरहेकी छु’ उनले थपिन् । कुरा गर्दै पहिले जस्तो जुन पायो त्यही फिल्म अभिनय गर्ने सोच आफूबाट हटेको समेत सुनाइन् ।

प्रियंकाको गत वर्ष रिलिज ‘फुलबारी’पछि कुनै फिल्म आएको छैन । उनी पछिल्लो समय कमेडी रियालटी शो ‘मुन्द्रे कमेडी क्लब’मा अध्यक्षको रूपमा व्यस्त छिन् । त्यसको अलावा उनी म्युजिक भिडियो समेत अभिनय गरिरहेकी छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here