काठमाडौं-स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले जाजरकोट भूकम्पप्रभावित जिल्लाका पत्रकारलाई ज्याकेट वितरण गर्दैछ। गत कात्तिक १७ मा जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पबाट प्रभावित दुई जिल्लाका पत्रकारहरुलालाई बितरण गर्नका लागी संघले एक सय प्रति ज्याकेट उपलब्ध गराएको छ। उक्त ज्याकेट नेपाल प्रेस युनियनले जाजरकोट पुगेर त्यहाँस्थित पत्रकारलाई हस्तान्तरण गर्दैछ। स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालका अध्यक्ष अरविन्द महतोले नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई ज्याकेट हस्तान्तरण गरेका छन्।उक्त ज्याकेटसहित केही राहत सामग्रीहरु जाजरकोट र रुकुम पठाउने तयारी भइरहेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जीवन शर्माले जानकारी दिए।


























