काठमाडौं- अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । सामाजिक पारिवारिक विषयमा उनले फिल्म निर्माण तयारी गरेका हुन् । छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको निखिलले बताए । ‘फिल्मका लागि तीन गीत रेकर्ड गरिसके । अन्य तयारी गरिरहेको छु’, निखिलले थपे ‘मेरो अबको फिल्ममा म बुबा र सञ्चिता आमाको भूमिकामा हुनेछिन् ।’ छोराछोरीको पनि फिल्ममा अभिनय रहने उनले सुनाए ।‘मेरो फिल्म एउटा परिवारको कथा हो । तर नेपालमा अहिले बनेको भन्दा भिन्न छ’, निखिलले थपे ‘पुरै मनोरञ्जन दिने उद्देश्यले फिल्म बन्नेछ,’ उनले भने, ‘अहिलेको बच्चाबच्चीले गरिरहेको क्रियाकलाप सबैभन्दा ठुलो इन्सिडेन्ट, जो देशले याद गर्न सकिरहेको छैन । त्यो फिल्मले देखाउँछ ।’

फिल्म व्यावसायिक दृष्टिकोणबाटै निर्माण गर्ने सोच उनको छ । फिल्मको नाम पनि जुरिसकेको छ । तर अहिलेलाई गोप्य राख्ने उनले बताए ।एक समय एक्सनमा राम्रो जमेका अभिनेता निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा अगाडि देखिँदै आएका छन् केही अगाडिबाट ‘समबोधी अभियान’को समेत थालनी गरेका उनले पछिल्लो समय ‘भैरव’ बनाएका थिए । भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव’को सिक्वेल निर्माण गर्ने बताएका थिए । अहिले भने नयाँ फिल्म गर्ने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here