काठमाडौँ । लघुवित्त बैंकर्स सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार राजधानीमा निर्वाचन हुँदै छ । लघुवित्त वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको सङ्गठन ‘नेपाल लघुवित्त बैंकर्स सङ्घ’ को आर्थिक वर्ष २०७९-८० को वार्षिक साधारण सभासहितको विशेष अधिवेशन काठमाडौँको होटेल एभरेस्टमा सुरु भएको छ ।सोही अधिवेशनले सङ्घको नयाँ कार्यसमिति समेत चुन्ने सङ्घका कार्यवाहक अध्यक्ष रामबहादुर यादवले  जानकारी दिए । 

सङ्घको भावी नेतृत्वका लागि वसन्त लम्साल र रामबहादुर यादवले अध्यक्षमा आकांक्षा देखाएका छन् । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका लम्साल सङ्घका पूर्व अध्यक्ष हुन् भने वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष यादव नेसनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here