काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सदुपयोग हुनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रम ल्याइरहने क्रम बढिरहेको भन्दै यसको निगरानी हुनुपर्ने बताए।
उनले वैदेशिक सहयोगको सदुपयोग ठीक ढंगबाट गर्न आमजनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए। उनले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रममार्फत आइरहेका सहयोगलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारे बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए।उनले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए। सभामुख घिमिरेले विमानस्थल बनाउने कुरामा सफलता हात लागे पनि त्यसको सञ्चानबारे कुनै ध्यान नपुगेको बताए।

























