काठमाडौँ । सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जेसिबिका सहचालक दाङ गढवा गाउँपालिका- ५ निवासी २३ वर्षिय दिपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिए।

तिरुपाते कम्पनीको रा १ क ८५९ नम्बरको जेसिबि बागचौर नगरपालिका- ३ स्यालागैरास्थित भित्री सडक–खण्डमा बिहान साढे ७ बजेको समयामा आफैं अनियन्त्रित भएर सडकबाट १० मिटर तल खस्दा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो।जेसिबी चालक बागचौर नगरपालिका – २ का २२ वर्षिय दिपक डाँगीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here