काठमाडौँ । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सवा १२ बजेको समयमा बारा प्रसौनी गाउपालिका-२ दुधौरा खोला पुल स्थितमा कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल पुलको पिल्लरमा ठाेकिँदा दुर्घटनामा परेको थियो।आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उप-महानगरपालिका वडा नं.१३ बलिरामपुर बस्ने २२ बर्षका कुन्दन मेहता खत्री र वडा नं. १२ सितलपुर बस्ने २२ बर्षका अभिमनु कुशवाहा गम्भीर घाइते भएका थिए।
दुबै जनाको उपचारको क्रममा शनिबार बिहानै वीरगञ्जको अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।


























