काठमाडौँ ।  निकारागुआमा सवारी दुर्घटनामा परी  १६ जनाको मृत्यु  हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरै बालबालिका रहेको उनले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए ।

करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो । मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, “मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं ।” हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरै बालबालिका रहेको उनले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए ।

माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइहरू पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमा नै पुगेको हस्लामले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here