काठमाडौं । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत अवस्थामा फेला परेका छन् । मोरङको विराटनगर चोकमा डेरा गरी बस्ने  भोजपुरको  ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्  ।

धनकुटाको बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको प्रहरीले जानकारी दिएको छ । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here