काठमाडौं । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४२ औँ पटक रक्तदान गरेका छन्। काठमाडौँको कालीमाटीस्थित ब्लड बैंकको केन्द्रीय कार्यालयमा आइतबार ४२ औँ पटक रक्तदान गरेको अहिराजले बताएका हुन्। रक्तदानले जीवनदान हुनुका साथै आफ्नो स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झन्डै २० वर्ष अघिदेखि रक्तदान सुरु गरेको उनको भनाई छ।

मुलुकमा पहिलो मधेस आन्दोलन पूर्ण उचाइमा रहँदा २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच दैनिक जसो दोहरो झडप भइरहेको थियो। सो समय झडपमा घाइते हुने गरेका आन्दोलनकारीलाई रगतको आवश्यकता हुँदा  रगतको अभाव भइरहेको थियो। सोही समय आन्दोलनकारी घाइतेलाई रक्तदान गरी सुरु गरिएको रक्तदानलाई हालसम्म निरन्तरता दिएको अहिराजले बताएका छन् । देश तथा समाजका अगुवाले रक्तदान गर्दा सर्वसाधारणलाई राम्रो सन्देश जाने र उनीहरुलाई पनि रक्तदान गर्न प्रेरित गर्ने उनको जिकिर छ। कम्तीमा ५० पटक रक्तदान गर्ने आफ्नो चाहना रहेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here