काठमाडौँ – नेकपाका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन्। भारतको नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उनले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताएका हुन्।

सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याए। हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राइट मुलुक भएको जिकिरसमेत गरे।

उनले त्यस्ता खालको ध्यान शिविरहरुमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताए।गत पुस ३ गतेबाट शुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्नेछ। ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here