काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन्।सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन्।

उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिसहरु विदेशिरहेको भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए। उनले कामदारका रुपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने उल्लेख गरे। उनले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए। मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए। उनले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here