काठमाडौं– काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेसन नगरीकन नै निकाल्न सफल भएको छ।छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो। जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ। यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए।

उनले काठमाडौं मेडिकल कलेजले ९ वर्षीया बालिका आकृति ठाकुरको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको र सो समस्या बिना अप्रेशन निकाल्न सफल भएको बताए।
उनले यसअघि छाती चिरेर अप्रेशन गर्नुपर्ने भएपनि यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरीबाट पीप बाहिर निकालिएको बताए।अप्रेशन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठिक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए। यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको जिकिर गरे।

त्यस्तै, बिरामीका बुवा उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वासथ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक हुँदै गएको बताए।उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए।यसभन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेशन गर्ने गरिन्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here