काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ। लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको छ। आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको हो।

खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरलाई ताकेता गरेपछि बल्ल ढुवानी कार्य सुरु भएको हो। हेलिकोप्टरले सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेबाट ढुवानी सुरु गरेको हो। ल्याप्चेबाट १५ मिनेटमा सिमकोट विमानस्थलसम्म खाद्यान्न ढुवानी हुने गरेको छ। एउटा उडानमा हेलिकोप्टरले सात क्वीन्टल खाद्यान्न बोक्ने गर्छ। दैनिक २० देखि २४ उडान हुनेछ। यसवर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट ४ हजार क्वीन्टल कोटा निर्धारण गरिएको छ।

यो खाद्यान्न सिम्रिक एयरले नेपालगञ्जबाट प्रतिकेजी १४३ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ।खाद्यान्न सुर्खेतबाट ट्रकमा ढुवानी भएर हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्म आउने गरेको छ। त्यसपछि नेपालगञ्जबाट खाद्यान्न ढुवानी हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here