काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन्।उनले आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल सुरु भएको बताए।चन्दलाई अदालतबाट पक्राउ पूर्जी जारी गरिएको छ। उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए।

उनले भने, ‘बैठक आजबाट सुरु भएको छ। देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरु भएको छ। आज साँझ फेरि ६ बजे यही बैठक हुन्छ र निर्णय हुन्छ। यो चाहिं चल्दैन। सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरू देखिएका छन्, त्यो चल्दैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here