काठमाडौं । प्रहरीले भारतबाट भन्सार छली ल्याइएका १५ लाख मूल्य बराबरको मोबाइल तथा त्यसका सामग्रीसहित बाराबाट एकजनालाई पक्राउ गरेको छ।भन्सार छलीको मोबाइलसहित प्रहरीले बाराको बारागढी गाउँपालिका- ३ खोपवा टोल स्थित रूपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो।भन्सार छलीको मोबाइल घरमा लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले उनको घर खानतलासी गरेको थियो।खानतलासीको क्रममा चौधरीको घरबाट विभिन्न कम्पनीका ५१ थान मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री ९ थान र मोबाइल कभर १४ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक एवम् निमित्त सूचना अधिकारी वीरेन्द्र राज गुरुङले जानकारी दिए।बरामद मोबाइल तथा त्यसका सामानहरूको बजार मूल्य १५ लाख रहेको तथा चौधरीलाई सामानसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको गुरुङले बताए।