काठमाडौं- सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ। बैठक आज बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुनेछ।बैठकमा पार्टीको विधान संशोधन, आगामी महाधिवेशन र राष्ट्रियसभा सदस्यको उम्मेदवारबारे छलफल हुनेछ।

सत्तारूढ गठबन्धनको मोटामोटी सहमतिमा एकीकृत समाजवादीले राष्ट्रियसभामा २ सिट पाउने खाका बनेको छ।नेताहरू घनेन्द्र बस्नेत, प्रमेश हमाल, गणेश विक, सावित्रा भुसाललगायत आकांक्षीको नाम बढी चर्चामा छ।केन्द्रीय कमिटी बैठक बुधवारबाट सुरु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here