काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको बताएका छन् । प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटना क्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
शुक्रबार हेटौँडामा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकारका विषयमा दबाब दिन हेटौँडामा छलफल भइरहेको र सो छलफलले सङ्घीय सरकार र सांसदलाई दबाबमूलक सन्देश प्रवाह हुने बताए । सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारहरूले एकजुट भएर फरक शैलीबाट अघि बढ्ने उनको भनाई छ ।


























