बुटवल- प्रहरीले मानव बेचबिखनको अभियोगमा बुटवलका होटल सञ्चालकसहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमास्थित हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पुजा बिक रहेका छन् । दुई वर्षदेखि फरार रहेका पराजुलीलाई पक्राउ गरेको डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

दुई वर्षदेखि फरार रहेका पराजुली र बिक केही दिन अघि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

२०७६ सालमा बुटवलको चौराहामा वेल्कम रेष्टुरेण्ट सञ्चालन गरेका पराजुलीले कामदारको रुपमा पूजा बिकलाई राखेका थिए । पूजाको सहयोगमा अन्य युवतीलाई पनि यौन व्यवसायमा लगाएको आरोपमा उनीहरुविरुद्ध उजुरी परेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here