काठमाडौं- बझाङमा भूकम्प गएको छ। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा बजाङको काँडा केन्द्र भएर ३.४ रेक्टरस्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाेरले जनाएको छ।भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको छ।

यसअघि गत असोज १६ गते बझाङ नै केन्द्र भएर ५.३ रेक्टर स्केलको भूकम्प गएकाे थियाे। उक्त भूकम्पमा १ जनाको मृत्यु हुनुका साथै ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको थियो।त्यसयता बजाङ केन्द्र भएर दर्जनौं भूकम्पका धक्का महसुस भएका छन्।पछिल्लो समय पश्चिम नेपालका अन्य जिल्लामा पनि भूकम्प गइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here