काठमाडौँ । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु भएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आइतबारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला सुरु भएको हो । 

‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरे । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here