काठमाडौँ – शहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन्।आइतबार काठमाडौँको टुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको  बताएकी हुन्।

उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरुप्रति सरकार सजग रहेको बताइन्। केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरुमा भन्दा अहिले राम्रो हुँदै गइरहेको उनको भनाइ थियो।उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागिता जोगाउने चुनौती रहेको पनि बताइन्। उनले संविधानलाई संस्थागत गर्न सबैले साझा संकल्प गर्नुपर्ने बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here