काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवन रक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन् । नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधवार भएको भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन् । 

‘नेपालको संसद् र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ सभामुख घिमिरेले राजदूतसँग भने । सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको पनि बताए ।हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौँ मुक्त गर्दा पनि विपिनलाई बन्धक नै बनाएको छ । गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धक मुक्त नहुनु दुःखद रहेको बताए । उनले विपिन व्यक्तिगत रुपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिए ।

राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि सङ्कल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखे ।भेटमा दुई मुलुकबिचको सम्बन्ध, कृषि प्रवद्र्धन कार्यक्रम लगायतका विषयमा पनि छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here