काठमाडौं । अभिनेता नवराज श्रेष्ठले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुपको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शेखर लामा छन् । निर्माताले चलचित्र बिकास बोर्डबाट निर्माण इजाजत लिएका छन् ।
सन् १९९४ को फिल्म ‘बादल’बाट अभिनय यात्रा थालेका श्रेष्ठले ‘जन्मभूमी’, ‘गुड लक’, ‘स्काउट’ लगायतमा अभिनय गरेका छन् । म्युजिक भिडियो तथा बिज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।