काठमाडौँ – आजदेखि काठमाडौँमा सार्वजनिक यातायात नचल्ने भएको छ ।ट्राफिक प्रहरीको जयादतीको विरूद्धमा उत्रिएका यातायात मजदुरको आन्दोलनमा प्रहरीले दमन गरेपछि दुईवटा प्रहरीको गाडीमाआगजनी गर्नुका साथै प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।
उनीहरूले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका थिए । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।