काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार जानकारी गराएको हो ।
यसअघि आचार्यले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए ।


























