काठमाडौं ।  इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।  बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले एक–एक गोल गरेका थिए ।

जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परयो ।यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अङ्क जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अङ्कका साथ १२औँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here