काठमाडौ – राेल्पामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी गाउँपालिका-५ का ३७ वर्षीय नरबहादुर बुढा रहेका छन्। उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेकाे हाे।

नरबहादुरकाे कुटपिटबाट ६९ वर्षीय प्रथमन बुढाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे। प्रहरी चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरिएकाे हाे।

पक्राउ परेका नरबहादुरई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here