काठमाडौँ- गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स), मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) र इन्टरनेटले राजस्व छली गरेको विषयमा विवादमा मुछिएपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्।उनले मंगलबार बिहान सञ्चारमन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ।

प्राधिकरण अध्यक्ष खनाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत राजीनामाका लागि दबाब दिएको स्रोतले उल्लेख गरेको छ। पाँच वर्षका लागि २०७६ साउन ६ गते मन्त्रिपरिषद्बाट नियुक्त खनालको अझै करिब ७ महिना पदावधि बाँकी नै थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here