कर्मयोगी बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठानले अतिविपन्न तथा सुकुम्बासीका ५० जना बिधार्थीहरूलाई ट्रयाकसुट बितरन गरेको छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बारबर्दिया न.पा.-३ बेलवाबज्या बर्दियाको प्रधानाध्यापक श्री मुकुन्द प्रसाद पौडेलको अनुरोध सहितको सहयोग पत्र अनुसार अत्यन्तै आर्थिक अवस्था न्यून रहेको गरिब अतिविपन्न तथा सुकुम्बासी बस्तीहरूबाट अध्ययन गर्ने ५० जना बिधार्थीहरूलाई जाडोको लागी न्यानो ट्रयाकसुट नेपालगन्ज जेसीजका साथीहरू लगायतको उपस्थितमा कर्मयोगी बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान(ट्रष्ट) बुटवलबाट स्व.गणेशमान सैजु को पून्यतिथीमा बर्दिया विघालयमा बितरण गरिएको हो ।


साथै ट्रष्टले श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृर्द्धाश्रम,बुटवल-२मा रहेका जेष्ठ नागरिक बाबाआमाहरुलाई दिवा भोजन समेत गरेको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here