काठमाडौँ- काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू महानगर प्रमुख बालेन शाह र उपमेयर सुनिता ढंगोलसँग रुष्ट हुँदा नगर सभा स्थगित भएको छ ।प्रमुख,उपप्रमुखसँग जनप्रतिनिधिहरुको टकराबका कारण महानगरपालिकाको १४औं नगरसभा निर्धारित मितिमा नहुने निश्चित भएको हो।कार्यपालिका बैठकको निर्णय अनुसार बुधबारदेखि काठमाडौं महानगरपालिकाको १४औं नगरसभा बैठक सुरु हुने पर्ने हो।तर,अन्तिम समयमा आएर बैठक स्थगन भएको छ।

बैठक निर्धारित समयमा नहुने भएपछि २३औं कार्यपालिका बैठकले नगरसभा छलफलका लागि लैजाने भनेको ‘जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को संशोधन प्रस्तावसमेत अनिश्चित बनेको छ। कार्यपालिकामा बहुमत रहेका कांग्रेसका जनप्रतिनिधिका कारण निर्धारित मितिमा हुनुपर्ने नगरसभाको बैठक आज नहुने भएको हो। तीन जना कर्मचारीले अनियमितता गरेको भन्दै मेयर बालेन्द्र शाहले निलम्बन गरेर छानबिन समिति बनाएपछि कांग्रेस निकटका जनप्रतिनिधि रुष्ट बन्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here