काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज बिहीबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अङ्गुर १२० रुपैयाँ, अदुवा ८०, नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ तोकिएको छ ।
यसैगरी, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १५० रुपैयाँ, किवी ४०० रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ कायम रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २८० रुपैयाँ, टनेल गोलभेँडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ ६७, कन्य च्याउ १४० रुपैयाँ, तितो करेला १४० रुपैयाँमा कारोबार भइरहेको छ ।