काठमाडौँ ।  ङस्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत श्रमिकले तलव नपाएको भन्दै आन्दोलित भएका छन्।  मंसिर महिनाको तलव नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका हुन।

लमही नगरपालिका–७ स्थित कम्पनीको मुल गेटमा श्रमिकले धर्ना दिएका छन्।  ‘तलव नआएपछी पटकपटक माग ग¥यौं। आज हुन्छ भोली हुन्छ भनेर पुस महिना पनि जान थाल्यो। माघ पनि आयो । श्रमिक हनुमान चौधरीले भने,‘कम्पनीमा सोध्दा कन्ट्याक्टर देखाउछन्। कन्ट्याक्टरलाई सोध्दा कम्पनी देखाउछन्। हामीले काम गरेको पैसा पाएनौं।’कम्पनीमा कार्यरत करिब ४० जना श्रमिकले पारिश्रमीक पाउन सकेका छैनन्।

कम्पनीका जनरल म्यानेजर सुमन केसीले पारिश्रमीक जम्मा गर्न ढिलो भएको स्विकार गरेका छन्। उनले तत्काल पारिश्रमीक उपलब्ध हुने बताए। ‘जम्मा गर्न ढिलो भएको हो। श्रमिकले पारिश्रमीक पाउनुहुन्छ’उनले भने,‘आज भोलीमा पैसा जान्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here