काठमाडौँ-युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ। मन्त्री लिम्बूकी पत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहिबार राती निधन भएको छ । लिम्बूले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन् ।

उनको घरैमा निधन भएको हो।शुक्रवार स्थानिय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।लिम्बूको १ छोरी र १ छोरा छन्। मन्त्री लिम्बुको केही महिनाअघि आमाको पनि निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here