काठमाडौँ । स्वास्थ्य बिमाबाट सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम सेवाग्राहीले तिर्नुपर्ने  नियम लक्षित वर्गलाई लागू नहुने भएको छ । स्वास्थ्य बिमा बोर्डले माघ १ गतेबाट लागू हुने भनिएको सो १० प्रतिशत सह–भुक्तानी लक्षित वर्गमा लागू नहुने जनाएको हो ।

बोर्डका अनुसार अति गरिबको परिचय प्राप्त परिवार, ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त अपाङ्गताको परिचय पत्र पाएका अपाङ्ग (रातो कार्ड), एचआइभी एड्स सङ्क्रमित जटिल क्षयरोगका बिरामी, कुष्ठ रोगका बिरामी र महिला स्वास्थ्य स्वयंसेविकाले सो १० प्रतिशत सह–भुक्तानी दिन पर्दैन । २५ शय्या सम्मका सरकारी अस्पताल वा सेवा प्रदायक र प्राथमिक स्वास्थ्य केन्द्रमा सह–भुक्तानी लागू नहुने बोर्डले जनाएको छ । 

लक्षित वर्गबाहेकले बिमाबाट औषधि उपचार गराउँदा सह–भुक्तानी अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा सेवा लिएका सेवाग्राहीहरूले कुल खर्चको १० प्रतिशत सह–भुक्तानी गर्नु पर्नेछ । संघीय अस्पताल, २५ शय्या माथिका प्रदेश, प्रादेशिक अस्पताल, सबै निजी वा सामुदायिक अस्पतालहरूमा सह–भुक्तानीको व्यवस्था लागू हुने बोर्डले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here