काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताएका छन्।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा ३०२ औँ पृथ्वीजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका उनले देशलाई एकढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने बनाएका राष्ट्रनिर्माताप्रति सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताए। राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here