काठमाडौं- माघे संक्रान्तिका लागि टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याइभ्याइ छ।माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ।माघे संक्रान्तिमा खपत हुने चाकुको माग धान्नको लागि चाकु बनाउन भ्याइनभ्याइ भएको टोखाका चाकु उद्यमीहरूले बताएका छन्।काठमाडौंको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरूले बताए।सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रूपमा प्रख्यात छ। त्यही परिकार बनाउन अहिले टोखाका चाकु उद्यमीहरुलाई चटारो रहेको छ।

उनीहरूले अन्य समयमा पनि चाकु बनाउने गरेको तर माघे संक्रान्तिमा बढी माग हुने गरेको बताए। चाकु उद्यमीहरूले व्यापारीक प्रयोगको लागि भन्दा पनि पछिल्लो समय अमेरिका, युरोप,अष्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको बताए।व्यवसायीहरुले विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाएको बताए।टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठले टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोवास गर्ने देशमा जाने गरेकाे बताए।माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले सीमित उद्यमीहरू भएकाले भ्याइनभ्याई रहेको उनकाे भनाइ छ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले चाकु परम्परागत रूपमा नै बनाउने भएपनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको बताए।टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठले माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई रहेको बताइन्।

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताए। उनले चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई रहेको बताए।माघ १ गते मनाइने पर्वमा घ्यू र चाकुको परिकार निकै महत्त्वपूर्ण मानिन्छ। चाकु खासगरी जाडो महिनामा खाने प्रचलन छ। जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here