काठमाडौँ । जनता एग्रो एन्ड फरेस्टि लिमिटेड (जेएएफएल) र ककनी नगरपालिकाबिच सहकार्यको सम्झौता भएको छ । ककनी नगरपालिकाका किसानको क्षमता अभिवृद्धि र उत्पादन बढवा दिने लक्ष्यसहित जनता एग्रोसँग सम्झौता भएको हो । कम्पनीका अनुसार सम्झौतासँगै जनता एग्रोले ककनी नगरपालिकाका किसानको क्षमता अभिवृद्धिमा सहयोगी भूमिका खेल्नेछ । यस्तै, ककनीका किसानको क्षमता र उत्पादन बढाउनका लागि रणनीतिक सहयोग समेत जनता एग्रोले गर्नेछ ।

यसबाहेक, ककनीमा उत्पादन हुने कृषिजन्य वस्तुको गुणस्तरमा समेत बढवा दिने लक्ष्य कम्पनीको छ । यसबाहेक, सो क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण र बिक्री वितरण समेत जनता एग्रोले गर्नेछ ।यो सम्झौताले समग्रतामा नेपालको कृषिजन्य वस्तुको आयातमा नै प्रभाव पार्ने बताइएको छ । बर्सेनि विदेशबाट कृषिजन्य वस्तुको आयातमा २० प्रतिशतसम्मको वृद्धि हुन्छ ।

सम्झौताले स्थानीय उत्पादनको वृद्धिसँगै आयातमा ह्रास ल्याउनेसम्मको लक्ष्य लिइएको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।सम्झौतामा जनता एग्रोको अध्यक्ष पवन गोल्यान र ककनी नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here