काठमाडौ – भारतीय सेनाका पाँचजना सेनाप्रमुख नेपाल आएका छन्।  सेना दिवसमा निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका पाँच जना भारतीय सेनाध्यक्ष काठमाडौं आएका हुन्।

चार जना हिजो र एक जनाले आज बिहान पौने ९ काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता  सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।  नेपाली मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई दिए पनि पाँच जना मात्रै काठमाडौं भएको भण्डारीले बताए।

आज बिहान पौने ९ बजे भारतीय पूर्वसेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आएका हुन्। यसअघि हिजो चार जना पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा काठमाडौं आएका थिए।

सैनिक मुख्यालयमा भारतीय सेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ। छलफल अगाडि भोलि सैनिक मञ्च टुडिखेलमा सेना दिवसको अवसरमा पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here