काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गोलभेँडा सानो प्रतिकिलो १८ रुपैयाँ ४० पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, फर्सी पाकेको ४० रुपैयाँ, भन्टा लाम्चो ४६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ३८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, तरुल ५५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।