काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा मिति पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहर पनि पारित गरेको छ । हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ । साधारणसभाको लागि २०८० पौष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।