काठमाडौं । नेपाल हस्तकला महासंघको रिक्त महानिर्देशक पदमा उत्तमप्रसाद देवकोटा नियुक्त भएका छन् । देवकोटा आगामी २ वर्षसम्म महासंघको सो जिम्मेवारीमा रहनेछन् ।नवनियुक्त महानिर्देशक देवकोटा यसअघि पर्यटनसम्बद्ध संस्था नेपाल एसोसिएसन फर टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।
सरकारी तथा गैरसरकारी संघ(संस्थाको परियोजना अनुगमन तथा मूल्यांकन विशेषज्ञका रूपमा क्रियाशील देवकोटाले लामो समय शैक्षिक तथा अनुसन्धान संस्थाहरूको समेत नेतृत्व गरिसकेका छन् । क्यानभास इन्टरनेसनल कलेज काठमाडौंका पूर्व प्राचार्य देवकोटा यसअघि सैनिक महाविद्यालय चितवनका पूर्व प्रधानाध्यापक र मेधावी रिसर्च एण्ड डेभलपमेन्टका कार्यकारी निर्देशक समेत थिए ।