काठमाडौँ ।  पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरी आर्मी तेस्रो बनेको हो ।  

पहिलो सेट २५–१७ ले जितेको आर्मीले दोस्रो सेट १८–२५ ले गुमायो । त्यसपछिका दुवै सेट लगातार जितेको हो । तेस्रो सेट २५–२० र अन्तिम सेट २५–१९ स्कोरले आर्मी विजयी भयो ।  योसँगै आर्मीले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ । आजै पुरुषतर्फको सेमिफाइनल खेल हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here