काठमाडौँ । भोजपुर नगरपालिका- १० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो।बीस मिटर लम्बाइ रहेको पुलको सुनसरी- ४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे। त्यस अवसरमा उनले यस क्षेत्रको विकासमा आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो’, उनले भने, ‘स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौं। अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि भूमिका खेल्ने छु।’खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए। धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयवासी नेपाली कांग्रेसका जिल्ला सचिव तथा कांग्रेसको केन्द्रीय विभागअन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताए।