ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZ ले आज शुक्रबार ललितपुर महानगरपालिका वडा नं १५ अवस्थित मञ्जुश्री वृद्धाश्रमका बृद्धाहरूलाई खाद्यान्न, उपहार र मनोरञ्जन प्रदान गर्ने कार्यक्रम आयोजना गरेको छ ।
Asian College Of Higher Studies को ASEZ क्लबमा आवद्ध विद्यार्थीहरूको अग्रसरतामा अपरान्ह १ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा २० जना ASEZ सदस्यहरूले छोराछोरीको प्रेमबाट वञ्चित वृद्धाश्रमका आमाहरूलाई सान्त्वना दिन उक्त कार्यक्रम आयोजना गरेकाे थियाे ।
कार्यक्रममा नेपाल महिला संघ भक्तपुरको जिल्ला सभापति सरू बानियाँको प्रमुख आतिथ्यता रहेको थियो भने युवा राजनितीज्ञ सरोज राना र मोडेल भिबा थापा पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
ASEZ को परिचयात्मक भिडियोबाट शुरू भएको उक्त कार्यक्रममा आमाको महान् प्रेम र स्नेह सम्बन्धी गीत प्रस्तुति गरिँदै आमाहरूलाई सान्त्वनादायक उपहार हस्तान्तरण गरी कपाल कोरिदिने, नङ पोलिस गरिदिने साथै आमाहरूको समान्य स्वास्थ्य जाँच परिक्षण लगायत अन्य बिभिन्न सान्त्वनादायक गतिबिधीहरू समावेश थियो ।
ASEZ को उक्त ममतापूर्ण कार्यक्रमबाट प्रभावित भई मानसिक तथा शारीरिक रोगबाट ग्रसित आमाहरूले खुशी तथा आनन्द महसुस गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बानियाँले ASEZ का युवाहरूको यस किसिमको स्वयंसेवा कार्यबाट आफू अन्यन्तै प्रभावित भएको र सबै युवाहरूले यस्ता उदाहरणीय कार्यलाई सिक्दै गएमा समाजमा आमूल परिवर्तन आउने बताउनुभयो । यस्तै वृद्धाश्रमकी सञ्चालिका मञ्जु थापा मगरले ASEZ का स्वयंसेवकहरूको सान्त्वनादायक भ्रमणको निम्ति आभार व्यक्त गर्दैै आफुहरुलाई ठूलो बल प्राप्त भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा ASEZ को नेपाल संयोजक किशोर साम्होहाङले विश्वका १७५ राष्ट्रहरूमा बिस्तार भएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आवद्ध विश्वविद्यालय विद्यार्थीहरूले वातावरण संरक्षण, जनचेतनामूलक कार्यक्रम, प्राकृतिक प्रकोपमा उद्धार कार्य र Mother’s School र Mother’s Street जस्ता बिभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभएको थियो ।
वहाँले माता परमेश्वरबाट पाएको प्रेम र शिक्षा संसारमा बाँड्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बताउनुहुँदै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका ASEZ सदस्यहरू विश्वभरी आमाको प्रेम बाँड्ने कार्यमा निरन्तर समर्पित रहँदै आउनुभएको पनि बताउनुभयो ।






